+
+
Shares

संघीय एजेन्टको गैरन्यायिक हत्याविरुद्ध अमेरिका ठप्प

‘काम नगर्ने, विद्यालय नजाने र किनमेल नगर्ने’ भन्ने नाराका साथ सुरु भएको यो आन्दोलनले अमेरिकाका प्रमुख सहरहरूको जनजीवन पूर्णत: प्रभावित पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १४:१८
Photo Credit : Photograph: Roberto Schmidt/AFP/Getty Images

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राज्य अमेरिकामा संघीय अध्यागमन एजेन्टहरूको गोलीबारीविरुद्ध सुरु भएको आन्दोलनले प्रमुख सहरहरूमा जनजीवन ठप्प बनाएको छ।
  • मिनियापोलिसमा संघीय एजेन्टहरूले ३७ वर्षीया रेनी निकोल गुड र नर्स एलेक्स प्रेटीको हत्या गरेपछि नागरिक आन्दोलन सुरु भएको हो।
  • प्रदर्शनकारीहरूले आईसीई र सीपीबीलाई स्थानीय समुदायबाट हटाउन र दोषी एजेन्टमाथि कडा कारबाही गर्न माग गरिरहेका छन्।

१६  माघ, काठमाडौं । संयुक्त राज्य अमेरिकामा संघीय अध्यागमन एजेन्टहरूको घातक गोलीबारी, बढ्दो दमन र गैरन्यायिक हत्याविरुद्ध सुरु भएको आन्दोलनको क्रममा अमेरिका ठप्प बनाइएको छ ।

‘काम नगर्ने, विद्यालय नजाने र किनमेल नगर्ने’ भन्ने नाराका साथ सुरु भएको यो आन्दोलनले अमेरिकाका प्रमुख सहरहरूको जनजीवन पूर्णत: प्रभावित पारेको छ ।

मिनियापोलिसमा संघीय एजेन्टहरूद्वारा भएका दुईवटा दु:खद हत्याकाण्डपछि विशाल नागरिक आन्दोलनको सुरुवात भएको हो ।

संघीय एजेन्टहरूद्वारा ३७ वर्षीया रेनी निकोल गुड र नर्स एलेक्स प्रेटीको हत्या भएपछि नागरिक समाज आक्रोशित बनेको छ ।

प्रत्यक्षदर्शी र सार्वजनिक भएका फुटेजहरूमा निशस्त्र नागरिकमाथि एजेन्टहरूले अनावश्यक बल प्रयोग गरेको देखिएको छ ।

प्रदर्शनकारीहरूले अहिले अध्यागमन एजेन्सीहरू आईसीई  र सीपीबीलाई स्थानीय समुदायबाट स्थायी रूपमा हटाउनुपर्ने र दोषी एजेन्टहरूमाथि कडा कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।

आन्दोलनको प्रभाव लस एन्जलस, डेन्भर र मिनियापोलिस जस्ता प्रमुख व्यापारिक केन्द्रहरूमा स्पष्ट रूपमा देखिएको छ । व्यापारिक प्रतिष्ठानहरू बन्द छन् भने कर्मचारीहरूले सामूहिक रूपमा काम बहिष्कार गरेका छन् ।

यो नागरिक आन्दोलनलाई हलिउडका चर्चित अभिनेता पेड्रो पास्कल र र्‍यापर म्याकलमोर जस्ता प्रभावशाली हस्तीहरूले पनि ऐक्यबद्धता जनाएपछि यसले थप चर्चा र शक्ति प्राप्त गरेको छ ।

सामाजिक सञ्जालमा यी कलाकारहरूले मृतकप्रति न्याय माग्दै प्रदर्शनकारीहरूको साहसको प्रशंसा गरेका छन् ।

अमेरिकाका विपक्षी दलहरूले पनि यी घटनालाई आधार मान्दै अध्यागमन बजेटमा व्यापक कडाइ र सुधार गर्न सरकारलाई दबाब दिइरहेका छन् ।

एकातिर नागरिकस्तरबाट ’सटडाउन’ भइरहेको छ भने अर्कोतिर आजै मध्यरातसम्म बजेट पारित नभएमा संघीय सरकार नै बन्द हुने जोखिम बढेको छ ।

(द गार्जियनबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?