+
+
Shares

कोशी एक्सिलेन्स अवार्ड २०२६ हुँदै, १६ विधामा अवार्ड प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको इटहरीमा आउँदो ७ फागुनमा नयन मिडिया फाउन्डेसनको आयोजनामा कोशी एक्सिलेन्स अवार्ड २०२६ आयोजना हुन लागेको छ।
  • कोशी एक्सिलेन्स अवार्डले कोशी प्रदेशमा जन्मिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई १६ विधामा सम्मान गर्नेछ।
  • निर्णायक समितिमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन् र छनोट प्रक्रिया पारदर्शी हुँदैछ।

१६ माघ, काठमाडौं । सुनसरीको इटहरीमा कोशी एक्सिलेन्स अवार्ड २०२६ हुने भएको छ ।

नयन मिडिया फाउन्डेसनको आयोजनामा आउँदो ७ फागुनमा इटहरीको सोल्टी वेस्ट्रन होटेलमा कोशी एक्सिलेन्स अवार्ड २०२६ आयोजना हुन लागेको हो ।

कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड २०२६ आयोजना गरिएको नयन मिडियाका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

कोशी प्रदेशकै सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रमले कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।

यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट थप गरेर कुल १६ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए ।

गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स लगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उनले बताए । अवार्डलाई थप विश्वासिलो र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताए ।

निर्णायक समितिमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन् भने संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । समितिले अवार्ड प्राप्तकर्ताको छनोट प्रक्रिया तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको उनले जानकारी दिए ।

‘कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा, अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

अध्यक्ष अधिकारीका अनुसार, कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ र कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?