News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले नयाँ गीत 'मन जले' युट्युबमा सार्वजनिक गरेका छन्।
- गीतमा शर्माका शब्द तथा संगीत र मंगोलियन हार्टका राजु लामाको स्वर समावेश छ।
- गीतले जेठ २३ र २४ को प्रदर्शन र नेपालको भावनात्मक अवस्था समेट्दै 'नयाँ विश्वास जगाऔं' सन्देश दिन्छ।
मन जले मनैले सिउँला
धन जले अभावमै जिउँला
तन जले अर्को जन्म लिउँला
तर तन, मन, धनभन्दा माथी
तिम्रो मेरो विश्वास जल्यो
सयौं थुँगा फुलका हामी
आपसको भरोसा जल्यो
जेनजी आन्दोलनका घाइते र सहिदलाई समर्पित गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार नयाँ गीत ‘मन जले’ युट्युबमा सार्वजनिक गरेका छन् ।
शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनकै शब्द तथा संगीत, चर्चित सांगीतिक समूह ‘मंगोलियन हार्ट’ का लिड भोकलिस्ट राजु लामाको स्वर समावेछ छ ।
चर्चित फिल्म निर्देशक मीनबहादुुर भामको एनिमेटेड भिडियो निर्देशन, मनोहर सुनामको एरेन्ज र दिनेश राजवहाकको रेकर्डिङ र मास्टरिङ छ ।
२३ र २४ भदौ को प्रदर्शन र त्यसपछिको नेपालको बारेमा भावनात्मक संवेग बोकेको गीतले ‘नयाँ विश्वास जगाऔं’ भन्ने सन्देश बोकेको छ ।
मेरा कुरा तिम्ले, तिम्रो मैले सुन्ने, बुझ्ने गरे
दुनियाँमा कसैको सुन्नु, मान्नुपर्ने हुन्न
हामी दुवै एकापसमा अलिकति झुके
दुनियाँमा कसैसामु झूक्नुपर्ने हुन्न
खरानीमा उभिएर अब यति त बुझौं
आफ्नैसँग अलिकति युद्ध हार्न मानौं
आफैंभित्र अलिकति बुद्ध उमार्न जानौं
आउ आशाको दियो जलाऔं…
आशाको दियोमा, प्रेमको तेल थप्दै,
विश्वास जगाऔं… विश्वास जगाऔं…
प्रतिक्रिया 4