+
+
Shares

अमेरिका–इरान तनावले युक्रेनसँगको त्रिपक्षीय वार्ता स्थगित हुन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १६ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन, अमेरिका र रुसबीच हुने भनिएको त्रिपक्षीय वार्ता केही समयका लागि पछाडि सर्न सक्ने संकेत गर्नुभयो।
  • अमेरिकाको ध्यान इरानसँगको तनावतर्फ मोडिएकाले यो वार्ता प्रभावित हुन लागेको छ।
  • अमेरिकी विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्पका विशेष दूतहरू बैठकमा सहभागी नहुने जानकारी दिइसकेको छ।

१७ माघ, काठमाडौं । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन, अमेरिका र रुसबीच हुने भनिएको महत्वपूर्ण त्रिपक्षीय वार्ता केही समयका लागि पछाडि सर्न सक्ने संकेत गरेका छन् ।

अमेरिकाको ध्यान हाल इरानसँगको तनावतर्फ मोडिएकाले यो वार्ता प्रभावित हुन लागेको हो ।

यस सप्ताहन्तमा आबुधाबीमा हुने भनिएको यो वार्तामा सबै पक्षको उपस्थिति अनिवार्य रहेको जेलेन्स्कीले बताए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसअघि नै राष्ट्रपति ट्रम्पका विशेष दूतहरू स्टिभ विटकफ र जेरेड कुश्नर यो सप्ताहन्तको बैठकमा सहभागी नहुने जानकारी दिइसकेका छन् ।

अमेरिकी प्रतिनिधिहरूको अनुपस्थितिले गर्दा यो वार्ता अन्य कुनै ढाँचामा अगाडि बढ्छ वा पूर्ण रूपमा रोकिन्छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?