News Summary
Generated by OK AI. Editorially reviewed.- तेस्रो संस्करणको कोशी प्राइड लिग क्रिकेट प्रतियोगिता चैत ७ देखि २० गतेसम्म हुनेछ।
- प्रतियोगिता मिति फागुन ९ बाट चैतमा सारिएको हो।
- प्रतियोगितामा कुल ७ टिम सहभागी हुनेछन्।
१६ माघ, काठमाडौं । कोशी प्राइड प्रालिको आयोजनामा हुने तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको मिति सरेको छ ।
यसअघि फागुन ९ गतेदेखि सुरु हुने तय भएपनि अब प्रतियोगिता चैतमा हुनेछ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै मिति सारिएको बुझिएको छ ।
आयोजक कोशी प्राइडले शुक्रबार मिति सरेको जानकारी दिएको हो । प्रतियोगिता अब चैत ७ देखि २० गतेसम्म हुनेछ ।
कुल ७ टिमको सहभागिता रहने प्रतियोगिताको अक्सन सम्पन्न भइसकेको छ ।
नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्नास र गोर्खा एभेन्जर्स सहभागी हुनेछन्।
प्रतिक्रिया 4