+

साफ यू-१९ महिला च्याम्पियनसिप : पहिलो खेलमै नेपाल भारतसँग पराजित

२०८२ माघ  १७ गते १७:५० २०८२ माघ १७ गते १७:५०
साफ यू-१९ महिला च्याम्पियनसिप : पहिलो खेलमै नेपाल भारतसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो।
  • भारतका पर्ल फर्नान्डेजले दोस्रो हाफको चौथो मिनेटमै निर्णायक गोल गरिन्।
  • नेपालले दोस्रो खेलमा सोमबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

१७ माघ, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पर्ल फर्नान्डेजले भारतका लागि वियजी गोल गरिन् । उनले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

नेपाल यु-१९ महिला टिमका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रतियोगिताअघि पहिलो खेल महत्वपूर्ण हुने र भारतसँग अंक नगुमाउने योजना अनुसार खेल्ने बताएपनि नेपाल सफल हुन सकेन ।

शनिबारै भएको पहिलो खेलमा साविक विजेता बंगलादेशले भुटानलाई १२-० को विशाल अन्तरले हराउँदै सानदार सुरुवात गरेको छ ।

बंगलादेशको फराकिलो जितमा मोस्ट मुन्की अख्तरले सर्वाधिक ४ गोल गरिन् । यस्तै श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले पनि ह्याट्रिक पूरा गरे । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरे ।

नेपालले आफ्नो दोस्रो खेलमा सोमबार भुटानसँग खेल्नेछ ।

साफ यू-१९ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय