१७ माघ, दमक । झापा क्षेत्र नं. ५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले शहीद तथा बेपत्ता योद्धाको सपना पुरा गर्न आफू उम्मेदवार भएको बताएका छन् । तामाङले शहीदले देखेका सपना नै आफ्नो घोषणापत्र भएको बताए ।
जनयुद्धका क्रममा तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका धीरेन्द्र बस्नेतको ४२ औं जन्मजयन्तिका अवसरमा दमकमा आयोजित कार्यक्रममा बोल्दै तामाङले भने– आन्दोलनमा सँगसँगै हिँडेका योद्धाहरुको सपना पुरा गर्ने जिम्मेवारी हामी बाँचेकाहरुको हो ।
तामाङले शान्तिप्रक्रियाका बाँकी काम पुरा गरी धीरेन्द्र लगायतका बेपत्ता योद्धाहरुको स्थिति अविलम्ब सार्वजनिक गर्न पहल गर्ने बताए ।
झापा दमक–१ निवासी बेपत्ता योद्धा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको स्मृतिमा स्थापना गरिएको पुष्प–धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय युवा परिषदका पूर्वउपाध्यक्ष सुरेन्द्र बस्नेत, नेकपाका केन्द्रीय सदस्यहरु गगन पुरी, वीरेन्द्र बस्नेत, दमक उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवास गड्तौला लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिक्रिया 4