News Summary
Generated by OK AI. Editorially reviewed.- तेक्वान्दो आईटीएफ नेपालद्वारा आयोजित दशौं अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता भक्तपुरको चितपोलस्थित बास्केटबल हलमा सम्पन्न भएको छ।
- प्रतियोगितामा १७ विद्यालयका २०६ खेलाडी सहभागी थिए र ४४ स्वर्ण, ४४ रजत तथा ८८ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो।
- काभ्रेको चक्रज्योति विद्यालयले १३ स्वर्ण पदकसहित टिम च्याम्पियन बन्न सफल भएको छ ।
१८ माघ, काठमाडौं । । ताइक्वान्दो आईटीएफ नेपालद्वारा आयोजित दशौं अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ।
भक्तपुरको चितपोलस्थित बास्केटबल हलमा आयोजित प्रतियोगितामा १७ विद्यालयका २०६ खेलाडी तथा अफिसियल सहभागी थिए। प्रतियोगितामा व्यक्तिगत तूल र व्यक्तिगत स्प्यारिङतर्फ गरी ४४ स्वर्ण, ४४ रजत र ८८ कास्य पदकका लागि प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगितामा १३ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्दै काभ्रेको चक्रज्योति विद्यालय टिम च्याम्पियन बन्न सफल भयो। ७ स्वर्ण, ४ रजत र १७ कास्य पदक सहित काठमाडौंको सुनाखरी पाठशाला दोस्रो स्थानमा रहँदा, ५ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्दै काभ्रेकै विकटेश्वर अंग्रेजी विद्यालय तेस्रो स्थानमा रह्यो।
छात्रातर्फ चक्रज्योति विद्यालयकी मिङ्मा दाम्चोई लामा उत्कृष्ट खेलाडी घोषित भइन् भने छात्रतर्फ भक्तपुरको ईडेन गार्डेन विद्यालयका सिद्धार्थ भुजेल उत्कृष्ट खेलाडी घोषित भए।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेत, प्रतियोगिता संयोजक गयाजी खड्का, सूर्यविनायक नगरपालिका वडा नं. ९ र १० का वडाध्यक्षलगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।
प्रतिक्रिया 4