+

राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजको जित

२०८२ माघ  १८ गते १५:०९ २०८२ माघ १८ गते १५:०९
राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाइजको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार प्लानिङ ब्वाइज युनाइटेडले काँक्रेविहार युथ क्लबलाई ३-० ले पराजित गरेको छ।
  • प्लानिङका सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले गोल गरेका थिए।
  • पाँच खेलमा १० अंक जोडेको प्लानिङ पाँचौं स्थानमा छ भने काँक्रेविहार लगातार पाँचौं हार बेहोरेर पुछारमा छ।

१८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजले काँक्रेविहार युथ क्लबलाई ३-० ले पराजित गरेको हो ।

प्लानिङको जितमा सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले एक-एक गोल गरे । खेलको पाँचौं मिनेटमा सविन अनि १२औं मिनेटमा रोमनले गोल गर्दै पहिलो हाफमा २-० ले अगाडि राखे ।

दोस्रो हाफको इन्जुरी समयमा हेमनले गोल गर्दै ३-० को जित पक्का गरे ।

योसँगै लिगमा तेस्रो जित निकालेको प्लानिङले ५ खेलमा १० अंक जोडेर पाँचाैं स्थानमा छ । लगातार पाँचौं हार बेहोरेको काँक्रेविहार पुछारमा छ ।

राष्ट्रिय लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय