News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार प्लानिङ ब्वाइज युनाइटेडले काँक्रेविहार युथ क्लबलाई ३-० ले पराजित गरेको छ।
- प्लानिङका सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले गोल गरेका थिए।
- पाँच खेलमा १० अंक जोडेको प्लानिङ पाँचौं स्थानमा छ भने काँक्रेविहार लगातार पाँचौं हार बेहोरेर पुछारमा छ।
१८ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत आइतबार भएको पहिलो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजले काँक्रेविहार युथ क्लबलाई ३-० ले पराजित गरेको हो ।
प्लानिङको जितमा सविन बोहरा, रोमन भुजेल र हेमन लिम्बुले एक-एक गोल गरे । खेलको पाँचौं मिनेटमा सविन अनि १२औं मिनेटमा रोमनले गोल गर्दै पहिलो हाफमा २-० ले अगाडि राखे ।
दोस्रो हाफको इन्जुरी समयमा हेमनले गोल गर्दै ३-० को जित पक्का गरे ।
योसँगै लिगमा तेस्रो जित निकालेको प्लानिङले ५ खेलमा १० अंक जोडेर पाँचाैं स्थानमा छ । लगातार पाँचौं हार बेहोरेको काँक्रेविहार पुछारमा छ ।
प्रतिक्रिया 4