१८ माघ, काठमाडौं । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्ययमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेद्वारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरेर राखिने अध्यक्ष पुष्प ओलीले बताए।
अन्तरपार्टी युवा, विद्यार्थी र जेनजी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशहरूमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमान्ड सेन्टर निर्माण गर्ने निर्णय भएको अध्यक्ष ओलीले जानकारी दिए ।
एक बुथ सय युथ सबै बुथ केन्द्रमा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ।
बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र फ्याक्सन इन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका थिए।
प्रतिक्रिया 4