+
+
Shares

यूएईले दियो २७६ नेपालीलाई आममाफी

नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले यूएई सरकारले त्यहाँका कारागारमा रहेका २६७ जना नेपालीलाई ५४औँ राष्ट्रिय दिवसको अवसरमा आममाफी दिएको जनाएको छ।
  • यूएई सरकारले आममाफी निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासको अनुरोधमा गरेको हो।
  • माफी पाएका नेपालीले अन्य कानुनी मुद्दा नभएमा आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्कन सक्नेछन्।

१८ माघ, काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई माफी दिएको हो ।

नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको सराहना गरेको छ ।

उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक-पटकको अनुरोधको प्रत्युत्तरस्वरूप यूएई सरकारले उक्त निर्णय गरेको बताइएको छ ।

माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा त्यहाँकोा प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?