News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले अमेरिकी महिला क्रिकेटर इसानी भागेलालाई अवैध बलिङ एक्सनका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाएको छ।
- नेपालमा जारी आईसीसी महिला टी–२० विश्वकप छनोट २०२६ अन्तर्गत आयरल्याण्डविरुद्धको खेलपछि भागेलाको बलिङ एक्सनको भिडियो फुटेज समीक्षा गरिएको थियो।
- आईसीसी नियमावलीको धारा ६.७ अनुसार भागेलाले पुनः मूल्यांकन गराएर वैध प्रमाणित नगरुन्जेलसम्म निलम्बन कायम रहने आईसीसीले जनाएको छ।
१८ माघ, काठमाडौं । अमेरिकी महिला क्रिकेटर इसानी भागेलालाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न आईसीसीले प्रतिबन्ध लगाएको छ ।
आईसीसीको इभेन्ट प्यानलले भागेलाको बलिङ एक्शन अवैध रहेको ठहर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको हो।
नेपालमा जारी आईसीसी महिला टी–२० विश्वकप छनोट २०२६ अन्तर्गत आयरल्याण्डविरुद्धको खेलपछि म्याच अफिसियलहरूले उनको बलिङ एक्सनबारे रिपोर्ट गरेका थिए।
त्यसपछि उनको पछिल्लो खेलको भिडियो फुटेज समीक्षा गर्दै इभेन्ट प्यानलले उनले अवैध बलिङ एक्सन प्रयोग गरेको निष्कर्ष निकालेको छ। आईसीसी नियमावलीको धारा ६.७ अनुसार उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको हो।
भागेलाले आफ्नो बलिङ एक्सनको पुनः मूल्यांकन गराएर वैध प्रमाणित नगरुन्जेलसम्म यो निलम्बन कायम रहने आईसीसीले जनाएको छ।
प्रतिक्रिया 4