+
+
Shares

सातौं डिएभी अन्तरकलेज फुटसल उपाधि समृद्धि स्कुललाई, ३ लाख नगद पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सातौं डिएभी प्लस टु अन्तरकलेज ७–ए–साइड फुटसल प्रतियोगिता समृद्धि स्कुलले उपाधि जितेको छ।
  • फाइनलमा हेराल्ड कलेजलाई पराजित गर्दै समृद्धि स्कुलले नगद ३ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।
  • प्रतियोगितामा ४० वटा कलेज सहभागी थिए र व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीलाई नगद १५ हजार रुपैयाँ सहित पुरस्कार दिइयो।

१८ माघ, काठमाडौं । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासन विकास गर्ने र प्रतिभाशाली खेलाडी तयार गर्ने उद्देश्यसाथ आयोजित ‘सातौं डिएभी प्लस टु अन्तरकलेज ७–ए–साइड फुटसल प्रतियोगिता’ सम्पन्न भएको छ ।

कलेजको आफ्नै फुटसल मैदानमा तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको उपाधि समृद्धि स्कुलले हात पारेको छ ।

प्रतियोगिताको फाइनलमा हेराल्ड कलेजलाई पराजित गर्दै समृद्धि स्कुलले नगद ३ लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बनेको हेराल्ड कलेजले नगद २ लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र पायो ।

कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार यो प्लस टु तहमा आयोजना हुने नेपालकै सबैभन्दा ठूलो धनराशिको फुटसल प्रतियोगिता हो ।

१६ माघमा केडिया फाउन्डेसन अध्यक्ष अनिल केडियाले भव्य समारोहबीच प्रतियोगिता सुरु गरेका थिए ।

उद्घाटन कार्यक्रममा मुख्य अतिथिका रूपमा हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ तथा मुख्य अतिथिका रूपमा डिएभी (प्लस टु) कलेज प्रिन्सिपल एवं हिसान केन्द्रीय सदस्य सुमन बस्नेतको उपस्थिति थियो ।

उक्त अवसरमा शिवशक्ति एडु मार्टका संस्थापक महेश गिरहिया र सुमेरु सिटी हस्पिटलका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

४० वटा कलेज सहभागी प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कार वितरण गरिएको छ । समृद्धि स्कुलका कप्तान बोगटी ‘उत्कृष्ट खेलाडी’ घोषित भए ।

त्यसैगरी हेराल्ड कलेजका निराजन मगर ‘उत्कृष्ट गोलरक्षक’ र एआईटीएम कलेजका सुशन बलामी ‘उच्च गोलकर्ता’ चुनिए । उत्कृष्ट विधामा पर्ने खेलाडीले जनही नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेता टिमलाई केडिया फाउन्डेसन अध्यक्ष अनिल केडिया, प्रिन्सिपल सुमन बस्नेत र महेश गिरहियाले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?