+
+
Shares

स्पेनको राहदानी समस्यामा परराष्ट्र मन्त्रालय जानकार, समाधानका लागि गृहकार्य सुरु

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ माघ १८ गते २२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले स्पेनमा नेपाली नागरिकलाई राहदानी बनाउने समस्याबारे जानकार रहेको जनाएको छ।
  • मन्त्रालयले समस्या समाधानका लागि आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ अघि बढाइरहेको बताएको छ।
  • स्पेनस्थित नेपाली समुदायले राहदानी सेवा विस्तार र एपोइन्टमेन्ट प्रणाली सहज बनाउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ।

१८ माघ, बार्सिलोना । स्पेनमा नेपाली नागरिकलाई राहदानी बनाउने क्रममा देखिएको समस्याबारे परराष्ट्र मन्त्रालय जानकार रहेको जनाएको छ ।

मन्त्रालयले यसको समाधानका लागि आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ अघि बढाइरहेको बताएको छ ।

अनलाइनखबरसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘यस विषयमा मन्त्रालय जानकार छ । यसको उचित समाधानका लागि उपलब्ध विकल्पहरूमा आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ भइरहेको छ ।’

उनका अनुसार समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ । ‘स्पेनमा राहदानी बनाउने सम्बन्धमा उठाइएका विषयहरू हामीकहाँ प्राप्त भइसकेका छन् र त्यसमा काम सुरु गरिसकेका छौँ,’ उनले बताए ।

स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने प्रक्रिया अघि बढाएको छ । तर, ठूलो संख्यामा यहाँ रहेका नेपालीहरू राहदानी अभावका कारण वैधानिक प्रक्रियाबाट बाहिरिन सक्ने चिन्ता व्यक्त भइरहेका बेला मन्त्रालयको यो प्रतिक्रिया आएको हो ।

यसअघि स्पेनस्थित नेपाली समुदाय, एनआरएनए स्पेन तथा विभिन्न सामाजिक अगुवाहरूले राहदानी सेवा विस्तार, एपोइन्टमेन्ट प्रणाली सहज बनाउन र आवश्यक परे घुम्ती कन्सुलर सेवा सञ्चालन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूको अनुसार हाल म्याड्रिडस्थित नेपाली दूतावासले सातामा एक दिन मात्र सीमित एपोइन्टमेन्ट खोल्दा ठूलो संख्यामा नेपाली राहदानी बनाउन नपाएको गुनासो छ ।

स्पेन सरकारले अप्रिलदेखि कानुनीकरण प्रक्रिया सुरु गर्ने संकेत दिइसकेको अवस्थामा समयमै राहदानी नबने धेरै नेपाली कानुनी प्रक्रियाबाट बाहिरिन सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् ।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?