News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय लिग फुटबलअन्तर्गत सातदोबाटो युथ क्लब र चित्लाङ एफसीबीच भएको खेल गोलरहित बराबरीमा सकिएको छ।
- दुवै टोलीले ५ खेलबाट ५ अंक जोडेका छन् र सातदोबाटो नवौं तथा चित्लाङ १०औं स्थानमा छन्।
१९ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलअन्तर्गत सोमबार भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र चित्लाङ एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
दुवै टोलीको यो दोस्रो बराबरी हो । दुवै टोलीले ५ खेलबाट ५ अंक जोडेका छन् ।
सातदोबाटो नवौं तथा चित्लाङ १०औं स्थानमा छ ।
तस्वीर : एन्फा
प्रतिक्रिया 4