News Summary
Generated by OK AI. Editorially reviewed.- बागलुङमा आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरु चुनावी चटारोमा छन्।
- जिल्लामा कुल एक लाख ९३ हजार ३८१ मतदाता कायम छन् जसमा ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला छन्।
- निर्वाचन आयोगले १० असोजदेखि ५ मंसिरसम्म पाँच हजार २५३ नयाँ मतदाताले नाम दर्ता गराएका छन्, जसमा ८० प्रतिशत युवा पुस्ता रहेका छन्।
१९ माघ, बागलुङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका उम्मेदवारहरू पनि चुनावी चटारोमा छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा ११ दलका ११ र क्षेत्र नम्बर २ मा १२ दलका १२ उम्मेदवार चुनावी मैदानमा छन् । यी उम्मेदवारहरू आआफ्नो कार्यतालिकाअनुसार मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
बागलुङका प्रमुख यज्ञप्रसाद रिजालका अनुसार जिल्लाभर एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । तीमध्ये ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता छन् ।
जिल्लामा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा संवेदनशिलता, मतदाताको संख्या घटबढ, तथा पायक पर्ने स्थान लगायतका कारण एक मतदानस्थल थप गरेको र एक मतदान केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको रिजालले जानकारीदिए । यस्तै, दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ ।
जेनजी उमेर समूहको उत्साह
आसन्न निर्वाचनका लागि कुल एक लाख ९३ हजार ३८१ मतदातामध्ये ठूलो संख्या जेनजी उमेर समूहमा रहेकाहरूको पनि रहेको छ ।
जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचन भएकाले पनि आसन्न निर्वाचनमा जेनजी उमेर समूहका मतदाताको रुचि बढेको देखिएको छ ।
निर्वाचन आयोगले मतदाता सूचीनामा नाम दर्ता गराउन १० असोजदेखि ५ मंसिरसम्म थपेको समयमा बागलुङमा पाँच हजार २५३ नयाँ मतदाताले नाम दर्ता गराएका थिए । तीमध्ये अधिकांश युवा रहेको कार्यालय प्रमुख रिजालले बताए ।
५ मंसिरसम्म दर्ता भएको मतदाता नामावलीमा १६ देखि २८ वर्षसम्म जेन्जी उमेर समूहका बढी रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताए । मतदानका लागि भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहे पनि नाम दर्ता गर्न भने १६ वर्षदेखिकाले पाउँछन् ।
‘अहिले जेनजी युवाहरूको बढी आकर्षण देखियो, केही मतदाता लामो समयदेखि विदेशमा रहेका तर अहिले नेपालमा आएका मतदाता नामावलीमा दर्ता गरेका छन्, तर ८० प्रतिशत युवा पुस्तानै अहिलेको थपिएको मतदाता नामावलीमा समावेश गरिएको छ,’ रिजालले भने ।
जिल्लाबाहिरका १०० मतदाताहरूले बागलुङबाट नामावली दर्ता गराएको प्रमुख रिजालले बताए । जिल्ला निर्वाचन कार्यालयमै पुगेर एक हजार ४६४ जना र राष्ट्रिय परिचय प्रणालीतर्फबाट तीन हजार ९२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।
प्रतिक्रिया 4