+
+
Shares

प्रधानमन्त्रीको स्पष्टीकरण– पद छाडेका सबै मन्त्री रास्वपामा गएका छैनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १५:४०

१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई रास्वपाको भनेर प्रचार हुने गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

सोमबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले जम्मा दुई जना मात्रै मन्त्री पद छाडेकाहरू रास्वपामा गएको बताइन् ।

‘यो अभियोग पनि यहाँ आयो कि यो त राष्ट्रिय स्वतन्त्र पार्टीको हो भनेर । रास्वपामा दुई जना गए । कुलमानजीको आफ्नै पार्टी हो । महावीर पुनको पार्टी नै छैन । सबै मान्छे रास्वपामा गएको त होइन,’ उनको प्रष्टोक्ति थियो ।

साथै, मन्त्री पद छाडिसकेपछि अहिले कोहीसँग पनि सम्पर्क नभएको बताइन् । रास्वपाको मन्त्रिपरिषद् भनेर गरिएको प्रचार गलत भाष्य रहेको उनको भनाइ थियो ।

‘हामीहरू कसैसँग सम्पर्क पनि छैन । यो गलत भाष्य हो । आफ्नो आफ्नो अधिकार हो । हामीले सबैलाई सोध्यौं, तपाईंहरू कोही जानुहुन्छ भनेर, नजानेहरू बसे,’ उनले भनिन्, ‘हामीलाई थाहा थियो, उसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन् । आए, गए । बकाइदा गए । अहिले सम्पर्कमा पनि छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?