+
+
Shares

६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाइने

मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी लगायत ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक लिएर मतदान गर्न पाइने बताएको छ।
  • मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ र नाम दर्ता भएका व्यक्तिले मतदान गर्दा परिचयपत्र साथमा लिएर जानुपर्छ।
  • आगामी २१ फागुनमा निर्वाचन हुँदैछ र आयोगले कल सेन्टरमार्फत मतदाता प्रश्नको जवाफ दिएको हो।

२० माघ, काठमाडौं । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदान गर्न पाइने जनाएको छ ।

निर्वाचन आयोगले स्थापना गरेको कल सेन्टरमा प्राप्त पत्रको जवाफमा यस्तो उल्लेख छ ।

मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन ? भन्ने प्रश्नको जवाफमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने बताएको हो ।

आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ ।

मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ ।

मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।

आगामी २१ फागुनमा निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?