+
+
Shares

निर्वाचनलक्षित सशस्त्रमा राजीनामा, रवाना र बिदा स्वीकृत नहुने

सशस्त्र प्रहरी बलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै राजीनामा दिन, रवाना बुझ्न र बिदा बन्द गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १४:३७

२० माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै राजीनामा दिन, रवाना बुझ्न र बिदा बन्द गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्रको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

निर्वाचन अवधिभर सशस्त्रमा कार्यरत कर्मचारीहरुको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जानको लागि रवाना नगर्ने तथा अतिआवश्यकबाहेक बिदा स्वीकृत नगर्न-नगराउन सम्पूर्ण कार्यालयहरुलाई परिपत्र गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?