+
+
Shares

बीटीएसको ‘कमब्याक कन्सर्ट’ लाई नेटफ्ल्क्सिले विश्वभर प्रत्यक्ष प्रसारण गर्ने

यो कन्सर्ट नेपाली समयानुसार २१ मार्चमा बेलुका ४ बजेर ४५ मिनेटदेखि हेर्न पाइनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते १७:०१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीटीएसले झन्डै ३ वर्ष ९ महिनापछि २१ मार्च २०२६ मा सोलस्थित ग्वाङ्ग्वामुन स्क्वायरमा स्टेजमा फर्किनेछन्।
  • बीटीएसको पाँचौँ स्टुडियो एल्बम ‘एरिराङ’ २० मार्च २०२६ मा रिलिज हुनेछ र कन्सर्टमा नयाँ गीतहरू प्रस्तुत गरिनेछन्।
  • नेटफ्लिक्सले २१ मार्चमा ‘बीटीएस : द कमब्याक लाइभ’ प्रत्यक्ष प्रसारण गर्नेछ र २७ मार्चमा ‘बीटीएस : द रिटर्न’ डकुमेन्ट्री ल्याउनेछ।

यो खबरले त पूरै विश्वभरका ‘बीटीएस’ प्रशंसकलाई खुसीले गदगद बनाएको छ ! झन्डै ४ वर्षको लामो प्रतीक्षापछि यो ब्याण्ड फेरि एकसाथ स्टेजमा फर्किँदैछ ।

तपाईँको ‘लाइट स्टिक’ मा जमेको धुलो पुछ्ने बेला आयो, किनभने बीटीएस आधिकारिक रूपमा फर्किने संघारमा छ । झन्डै ३ वर्ष ९ महिनापछि यो चर्चित ब्यान्डका सातै जना सदस्य एकसाथ स्टेजमा देखिने छन् ।

यो ऐतिहासिक कन्सर्ट दक्षिण कोरियाको राजधानी सोलस्थित ग्वाङ्ग्वामुन स्क्वायरमा हुनेछ । यसलाई नेटफ्लिक्सले विश्वभर प्रत्यक्ष प्रसारण गर्नेछ ।

कन्सर्टको ठीक एक दिनअघि, अर्थात् २० मार्च २०२६ मा उनीहरूको पाँचौँ स्टुडियो एल्बम ‘एरिराङ’ रिलिज हुँदैछ । कन्सर्टमा उनीहरूले यसै एल्बमका गीतहरू पहिलो पटक लाइभ गाउनेछन् ।

कन्सर्ट सकिएपछि हुने न्यास्रो मेटाउन नेटफ्लिक्सले २७ मार्चमा ‘बीटीएस : द रिटर्न’ नामक डकुमेन्ट्री पनि ल्याउँदैछ । यसमा ‘एरिराङ’ एल्बम कसरी बन्यो भन्ने भित्री कथाहरू देख्न पाइनेछ ।

‘बीटीएस : द कमब्याक लाइभ’ २१ मार्चमा नेटफ्लिक्समार्फत विश्वभर प्रत्यक्ष प्रसारण हुनेछ ।

यो एउटा ऐतिहासिक पल हुनेवाला छ, किनभने सातै जना सदस्यहरू (आरएम, जिन, सुगा, जे होप, जिमिन, भी र जंग कूक) लामो समयपछि एकसाथ स्टेजमा देखिनेछन् । नेटफ्लिक्स प्रयोगकर्ताले आफ्नै घरमा बसेर यो कन्सर्टको मजा लिन सक्नेछन् ।

यो कन्सर्ट नेपाली समयानुसार २१ मार्चमा बेलुका ४ बजेर ४५ मिनेटदेखि हेर्न पाइनेछ । लाइभ कन्सर्ट सकिएलगत्तै बीटीएसले आफ्नो नयाँ विश्व भ्रमण सुरु गर्नेछन् । यो उनीहरूको अहिलेसम्मकै ठूलो टुर मध्येको एक हुनेछ ।

विश्वका ३४ वटा विभिन्न स्थान/क्षेत्रमा यो टुर पुग्नेछ । जम्मा ८२ वटा शो हुनेछन्, जहाँ फ्यानले उनीहरूलाई प्रत्यक्ष देख्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?