News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीको कार्यकक्षमा शुल्कसम्बन्धी माग राख्दै तोडफोड गरेको छ।
- शुल्क घटाउन माग गर्दै अखिल क्रान्तिकारीले चार विभागको शुल्क समायोजन गर्नुपर्ने माग राखेका छन्।
- सर्वोच्च अदालतको आदेशपछि प्रशासनले क्रान्तिकारीले लगाएको ताला खोलेको र त्रिविले शुल्क समायोजनका लागि कार्यदल बनाएको छ।
२० माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीको कार्यकक्षमा तोडफोड भएको छ ।
अखिल क्रान्तिकारीले शिक्षाध्यक्ष केसीको कार्यकक्षमा सोमबार तोडफोड गरेको हो । ‘शुल्कको विषयमा तोडफोड गरेका हुन्,’ त्रिविका एक कर्मचारीले भने, ‘शिक्षाध्यक्ष सर कार्यक्रममा भैरहवा हुनुहुन्थ्यो । उहाँ नभएको समयमा तोडफोड भएको हो ।’
अखिल क्रान्तिकारीले त्रिविको चार वटा विभागको शुल्क घटाउनु पर्ने माग राख्दै आएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क समायोजना हुनुपर्ने माग क्रान्तिकारीले राखेको हो ।
शुल्क घटाउन माग राखेर क्रान्तिकारीले पदाधिकारीको कार्यकक्षमा ताला पनि लगाएको थियो । सर्वोच्च अदालतको आदेशअनुसार प्रशासनले ताला खोलेको थियो । शुल्क समायोजन गर्न त्रिविले कार्यदल बनाइसकेको छ ।
प्रतिक्रिया 4