+
+
Shares

गोकुलको व्यंग्य– सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ

‘सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ । अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते ८:३०

१ माघ, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएको भन्दै व्यंग्य गरेका छन् । एमाले संस्थापनविरुद्ध फरक मत राख्दै आएका बास्कोटाले फेसबुकमार्फत यस्तो व्यंग्य गरेका हुन् ।

‘सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ,’ बास्कोटाले लेखेका छन्, ‘अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ ।’

फेरि चुनावमा गठबन्धनको कुरा उठेको विषयमा पनि उनले टिप्पणी गरेका छन् । ‘गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ । अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ,’ बास्कोटाले अगाडि लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?