+
+
Shares

प्रदर्शनअघि ‘कुमारी’ को गीत ‘डोको बुन्ने’ लाई करोड पटक हेरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'कुमारी' को बहुचर्चित गीत 'डोको बुन्ने निगालो चोयाले' युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ।
  • टिकटकमा उक्त गीतमाथि ५० लाखभन्दा बढी भिडियो बनिसकेका छन् भने रिल्स र सट्समा पनि हजारौं भिडियो बनेका छन्।
  • फिल्मले देशब्यापी १५२ शोज पाएको छ र दिनेश राउतको निर्देशनमा आकृति राजभण्डारी र अभिषेक खड्काको मुख्य भूमिका छ।

काठमाडौं । रिलिजको एकदिनअघि फिल्म ‘कुमारी’ लाई सांगीतिक सफलता मिलेको छ । फिल्मको बहुचर्चित गीत ‘डोको बुन्ने निगालो चोयाले’ लाई युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ ।

सोसल मिडियामा चर्चामा केहरसिंह लिम्बुले कम्पोज गरेको यो गीतले फिल्मको प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्यो । रिल्सदेखि टिकटकसम्म यसमाथि लाखौं भिडियो बनिरहेका छन् । जसको कारणले युट्युबमा भ्यूज लोभलाग्दो बन्यो ।

टिकटकमा पनि गीतमाथि ५० लाखभन्दा बढी भिडियो बनिसकेका छन् भने रिल्स र सट्समा पनि हजारौंको संख्यामा बनेका छन् । यीबाहेक फिल्मका अन्य दुई गीत ‘तिमी बिना’ र ‘कता छौ’ पनि दर्शकले रुचाएका छन् ।

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मले देशब्यापी १५२ शोज पाएको छ । दिनेश राउतको निर्देशनमा बनेको यस फिल्ममा आकृति राजभण्डारी र अभिषेक खड्काको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?