+
+
Shares

नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार

यो साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार भने २७ अंक बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार नेप्से सूचक २७.१९ अंक बढेर २७०८.७० बिन्दुमा पुगेको छ।
  • नेप्सेमा ३ सय २६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
  • कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

२२ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा दोहोरो अंकले सुधार आएको छ ।

यो साता बुधबारसम्म करिब ३२ अंक घटेको नेप्से सूचक बिहीबार भने २७ अंक बढेको हो ।

यो साता सुरुदेखि अस्थिर नेप्से सूचक बिहीबार बढेको हो । यो दिन नेप्से सूचक मात्रै होइन, कारोबार रकममा पनि सुधार आएको छ ।

बिहीबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २६८१.५ अंकमा रहेको नेप्से सूचक २७.१९ अंक बढेर २७०८.७० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि ४.४७ अंक बढेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका सेयरमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कालिञ्चोक दर्शन, सुपर मादी हाइड्रो र मोदी इनर्जी छन् । त्यसैगरी  नेप्सेमा कारोबार भएका २ सय १ कम्पनीको सेयर मूल्य बढेको छ । बिहीबार ५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत सूचक पनि बढेका छन्् । यस दिन बैंकिङ ७.७१, विकास बैंक ५३.७८, वित्त १२.१६, होटल १७.०७, जलविद्युत् ५८.५०, लगानी १.२८, जीवन बीमा १४३.८५, उत्पादनमूलक ६९.२१, लघुवित्त २९.५५, सामूहिक लगानी कोष ०.१२, निर्जीवन बीमा २१८.९२ र अन्य समूह ४६.२९ अंक बढेका छन् । तर, बिहीबार नेप्सेमा कारोबार भएको व्यापार समूहमा भने १८.५१ अंकले गिरावट आएको छ ।

बिहीबार नेप्सेको कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । नेप्सेमा ३ सय २६ कम्पनीको १ लाख ८ हजार ८ सय १७ कारोबारबाट ११ अर्ब ५८ करोड बराबरको ३ करोड ५५ लाख ७४ हजार ६ सय २७ कित्ता सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो ।

बुधबार नेप्सेमा ३ सय २६ कम्पनीको ८० हजार ४ सय २२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?