News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको छ।
- धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने बताए।
- महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
२३ माघ, जनकपुरधाम । धनुषामा सडक छेउमा फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।
महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले बताए ।
आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना हिजो रातिकै हुन सक्ने प्रहरीको आशंका छ ।
महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4