News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ट चित्रकार रागिनी उपाध्यायले २१ माघ झापाका केही विद्यालयमा १०० बढी विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छिन्।
२३ माघ, काठमाडौं । वरिष्ट चित्रकार रागिनी उपाध्यायले आफ्नी दिवंगल छोरी शिवताको स्मृति दिवसमा शैक्षिक सामग्री वितरण गरेकी छिन् । २१ माघ बिहीबार उपाध्यायले झापाका केही विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकी हुन् ।
उनले श्री बाल आधारभूत विद्यालय, कचनकवल–६, झापा, श्री ग्राम देवता आधारभूत विद्यालय, रंगेली, मोरङमा विद्यार्थीहरूलाई झोला वितरण गरिन् । यसबाट १०० बढी विद्यार्थीहरू लाभावन्तित भएको उनले जानकारी दिइन् । उनका अनुसार विद्यालयहरूमा आर्थिक रूपमा विपन्न बालबालिकाहरूलाई सहयोग गरिएको हो ।
उपाध्यायकी छोरी कलिलो उमेरमै रोगका कारण बितेकी थिइन् । त्यसयता शिवता लभ फाउन्डेशन स्थापना गरेर हरेक वर्ष छोरीको स्मृति दिवसमा उनले विद्यार्थीहरूलाई सहयोग गर्दै आइरहेकी छिन् । रागिनी नेपाल ललित कला प्रतिष्ठानकी पहिलो महिला उपकूपलति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4