+
+
Shares

सुदूरपश्चिमको सुनौलो यात्रा (फोटो फिचर)

दोधारा–चाँदनीमा अहिले तोरी पहेँलो फूलले पहेँलपुर छ । सुनौला फाँटहरूको समुद्रले मन प्रफुल्लित बनाउँछ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ माघ २३ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा कैलाली, डडेलधुरा, कञ्चनपुर र टिकापुर लगायतका स्थानमा हरियाली र कृषिजन्य गतिविधि देख्न पाइयो।
  • दोधारा–चाँदनीमा महाकाली नदीपारिको नेपाली भूमिमा चार लेनको पक्की पुल निर्माणाधीन छ र एकतर्फको पुलबाट सवारी आवतजावत भइरहेको छ।
  • टिकापुरमा किसानहरूले तोरी काटेर थन्क्याउने काम तीव्र गतिमा गरिरहेका छन् जसले यहाँका किसानहरूको जीवन र संघर्ष देखाउँछ।

नेपालका ७ प्रदेशमध्ये ६ वटा घुमिसके पनि सुदूरपश्चिम पुग्ने अवसर मिलेको थिएन । यसपाली अफिसबाट निर्वाचनको कामले जाँदा सुदूरपश्चिम पुग्ने मौका जुर्‍यो ।

धनगढी ओर्लिनेबित्तिकै तोरी र गहुँले ढाकिएका फाँटहरूले आँखालाई शीतलता दिए । हरियालीले मन लोभ्याएपछि झोलाबाट क्यामेरा निकालेर तुरुन्तै केही तस्बिर खिचेँ ।

 

कैलालीबाट डडेलधुरातर्फ लाग्दा भीमदत्त राजमार्गको घुमाउरो, लामो र पट्यारलाग्दो यात्रा थियो । भासु भीर छिचोल्दै करिब चार घण्टामा डडेलधुरा पुग्यौँ । त्यहाँबाट शेरबहादुर देउवाको गाउँ गन्यापधुरा पुग्न कच्ची सडक हुँदै ओरालो लाग्यौँ । गन्यापधुरा पुग्दा खेतका डिलैभरि राखिएका टौवाहरूको दृश्यले मन छोयो । यो दृश्यले मेरो मात्र होइन, साथीहरूको पनि मन लोभ्यायो ।

पाखाहरूमा घाँस सुकेर बिरक्तलाग्दो देखिन थाले पनि खेतमा लगाइएका बालीले ताजा हरियाली छरिरहेको देखिन्थ्यो । रुवाखोला आफ्नै ताल र लयमा बगिरहेको छ, जसले प्रकृतिको सौन्दर्य अझ जीवन्त बनाउँछ ।

 

 

उग्रतारा देवी मन्दिर सुदूरपश्चिमका प्रसिद्ध नौ भगवती मन्दिरमध्ये एक हो । यो मन्दिरले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ ।
default

डडेलधुराबाट कञ्चनपुरतर्फ लाग्यौँ ।

कञ्चनपुर पुगेपछि छुटाउनै नहुने ठाउँ हो– महाकाली नदीपारिको नेपाली भूमि, दोधारा–चाँदनी । पहिले महाकाली जोड्ने एकमात्र झोलुङ्गे पुल थियो, तर अहिले चार लेनको पक्की पुल निर्माणाधीन छ । हाल एकतर्फको पुलबाट सवारी साधन आवतजावत गर्न सकिने भइसकेको छ ।

दोधारा–चाँदनीमा अहिले तोरी पहेँलो फूलले पहेँलपुर छ । सुनौला फाँटहरूको समुद्रले मन प्रफुल्लित बनाउँछ ।

यता टिकापुरमा भने किसानहरू तोरी भित्र्याउने तयारीमा जुटेका छन् । खेतमा तोरी काटेर थन्क्याउने काम तीव्र गतिमा भइरहेको छ । यो दृश्यले यहाँका किसानहरूको जीवन र संघर्षलाई स्पष्ट देखाउँछ ।

default

यो यात्राले सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य तथा स्थानीय संस्कृतिको नजिकबाट अनुभव गर्ने अवसर मिल्यो। हरियाली, शान्ति र सरलताले भरिएको यो ठाउँले जोकोहीको मन छुन्छ । फर्केर आउने रहर जगाउँछ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?