२४ माघ, काठमाडौं । भारतको मेघालयमा अवैध कोइला खानीमा भएको विस्फोटमा परी पर्नेको संख्या २५ पुगेको छ ।
मेघालयको इस्ट जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइला खानीमा भएको विस्फोटमा परी मर्नेको संख्या २५ पुगेको हो ।
इस्ट जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षक विकास कुमारले उद्दार टोलीले खानीबाट थप चार शव बरामद गरेको बताएका छन् । उनले घटनाबारे अनुसन्धान र उद्दारको काम जारी रहेको पनि बताएका छन् ।
मेघालयको उमप्लेङ प्रहरी चौकीको क्षेत्राधिकार भित्र पर्ने कोइरला खानीमा बिहीबार बिहान डायनामाइट विस्फोट भएको थियो ।
प्रहरीले बरामद भएका २५ मध्ये १७ शवको सनाखत भएको छ । सनाखत भएका शवहरू कानुनी प्रक्रिया पुर्याएर आफन्तलाई बुझाइएको छ ।
उक्त विस्फोटमा परी २ जना नेपालीको समेत मृत्यु भएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारीका एकैघरका दाइ २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो ।
प्रतिक्रिया 4