+
+
Shares

मेघालयको कोइलाखानीमा अस्ताए दाजुभाई, खोटाङको सालघारी गाउँमा शोकमा  

दमन राई दमन राई
२०८२ माघ २३ गते २१:०२

२३ माघ, खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा दुई आफन्त गुमेपछि खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको सालघारी गाउँ शोकमा डुबेको छ ।

माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्समा रहेको अवैध कोइलाखानीमा विस्फोट हुँदा बराहपोखरी सालघारीका एकैघरका दाई २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र भाई २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो ।

जमीनभित्र भएको डाइनामाइट विस्फोटमा परी बराहपोखरी सालघारीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, ३५ वर्षीय नरबहादुर खपाङ्गी, बराहपोखरी भञ्ज्याङका ४० वर्षीय बमहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते छन् ।

बराहपोखरीकै वालम्पाका ताराबल मगर भने सकुशल छन् । ताराबलले नै फोनमार्फत घटनाबारे जानकारी गराएका हुन् । उनीहरू रोजगारीका लागि गत पुस ३ गते मेघालय गएका थिए । घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको मेघालयस्थित हाइल्यान्ड पोस्टले उल्लेख गरेको छ । दर्जनौं कामदार प्वालभित्रै फसेको अनुमान छ । फसेका कामदारको उद्धार जारी छ ।

छिमेकी शिवकुमार श्रेष्ठका अनुसार, परिवारको तीन छोरामध्ये पूर्णबहादुर जेठो र सुरेन्द्र माइलो हुन् । पूर्णबहादुरका श्रीमती र वर्ष दिनको छोरी छन् । एकैसाथ दुई छोरो कोइलाखानी विसफोटमा परेको खबर सुनेपछि आमा टंककुमारी मगर माघ २३ गते मेघालयतर्फ गएकी छिन् ।

आफन्तको मृत्यु भएको र तीन जना गम्भीर घाइते भएको खबर आएपछि प्रकाश खपाङ्गी र तिलकबहादुर मगर पनि मेघालयतर्फ गएका छन् ।

शवलाई घरसम्म ल्याउन र घाइतेको उचित उपचारको प्रवन्ध मिलाइदिनका लागि पहल गरिदिन पिडित पक्षको माग छ । पीडितलाई आउनेजाने क्रममा लाग्ने खर्च गाउँपालिकाले उपलव्ध गराउने गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?