१४ माघ, खोटाङ । निर्वाचन आचारसंहिता उल्लंघन भए/नभएको अनुगमनका लागि खोटाङमा अनुगमन अधिकृत तोकिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार, राजनीतिक दलले आचारसंहिता आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।
अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भातृ संगठन तथा सञ्चार माध्यमले गर्ने आचारसंहिता पालना गरे/नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन अधिकारी रबिन मगरले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वसनीय रुपमा सम्पन्न गर्न निर्वाचन आयोगले गत माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइसकेको छ ।
अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए÷नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भए÷नभएको विषय अनुगमन गर्नेछन् ।
यस्तै, आचारसंहिता अनुसार सवारी साधनको प्रयोग भए/नभएको, घोषणापत्र सार्वजनिक गरे/नगरेको, निर्वाचन प्रचार प्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैर–सरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए/नलिएको, निर्वाचन खर्चका लागि बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे/नगरेको लगायतका विषयमा अनुगमन गर्नेछन् ।
प्रतिक्रिया 4