+
+
Shares

सुनिलको निधनमा राजेश : मेरो सिनेमा यात्रा तपाईंप्रति समर्पित गर्दछु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ।
  • अभिनेता राजेश हमालले थापालाई 'एकदमै राम्रो सहकर्मी' भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
  • थापा र हमालले ३१ फिल्ममा सहकार्य गरेका थिए, जसमा भाउजु, देउकी, अपराध लगायत छन्।

काठमाडौं । अभिनेता सुनिल थापाको निधनमा प्रशंसक, सेलिब्रेटीदेखि राजनीतिज्ञसम्मले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

थापासँगै दर्जनौं फिल्ममा सहकार्य गरेका अभिनेता राजेश हमालले थापा राम्रो सहकर्र्मी रहेको बताएका छन् ।

निधन लगत्तै सामाजिक सञ्जालमा हमालले लेखेका छन्, ‘सुनिल, तिमी एकदमै राम्रो सहकर्मी थियौ, तिमीले यस्तो खाली ठाउँ छोड्यौ जुन कहिल्यै भरिन सक्दैन । नेपाली सिनेमाको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो सिनेमा यात्रा म तपाईंप्रति समर्पित गर्दछु ।’

जुन फिल्ममा हमाल नायक हुन्थे, ती फिल्ममा थापा खलनायकको रुपमा प्रस्तुत हुन्थे । हिरो र भिलेनको रसायन यी दुई कलाबारबीच मिलेको देखिन्थ्यो ।

यी दुईजना कलाकारले ३१ फिल्ममा सहकार्य गरेका थिए जसमा भाउजु, देउकी, अपराध, चाहना, परिभाषा, सडक, ज्वाला, छोरी बुहारी, सिन्दुर पोते, भरिया, गाउँले, कान्छा लगायत छन् । पछिल्लोपटक सन् २०१४ को फिल्म ‘मुखौटा’ सँगै देखिएका थिए ।

थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?