News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकपमा इंग्ल्यान्डसँगको खेलमा टस हारेर पहिले बलिङ गर्ने भएको छ।
- शेर मल्ल, आरिफ शेख, लोकेश बम र नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका छन्।
- कप्तान रोहित पौडेलसहित ७ खेलाडीले लगातार दोस्रो पटक विश्वकप खेल्दैछन्।
२५ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ भने नेपालका चार खेलाडीले टी-२० विश्वकपमा डेब्यू गरेका छन् ।
इंग्ल्यान्डविरुद्धको खेलमार्फत शेर मल्ल आरिफ शेख, लोकेश बम र नन्दन यादवले टी-२० विश्वकपमा डेब्यू गरेका हुन् । यी चारै खेलाडी पहिलो पटक टी-२० विश्वकप खेल्ने खेल्ने नेपाली टिममा समावेश भएका थिए ।
त्यसमध्ये शेर मल्ल पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् र उनले टी-२० विश्वकपमार्फत नै नेपालको राष्ट्रिय टिमबाट डेब्यू गर्दैछन् ।
यी चारबाहेक बसिर अहमद पनि पहिलो पटक विश्वकप खेल्ने टिममा परेका थिए । तर बसिर भने इंग्ल्यान्डविरुद्धको पहिलो रोजाइमा अटाएनन् ।
कप्तान रोहित पौडेलसहित ७ खेलाडीले भने लगातार दोस्रो पटक विश्वकप खेल्दैछन् । सन् २०१४ मा सोमपाल कामीले टी२० विश्वकपमार्फत नै नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।
उनले नेपालका लागि लगातार दुई पटक टी२० विश्वकप खेल्दै यस पटक पनि टिममा स्थान बनाएका छन् । तर इंग्ल्यान्डविरुद्धको खेलका लागि भने सोमपाल पहिलो रोजाइमा छैनन् ।
प्रतिक्रिया 4