+
+
Shares

माई मार्टले सुरु गर्‍यो सिधै उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते १५:४९

२५ माघ, काठमाडौं । माई मार्टले सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा सुरु गरेको छ ।

नयाँ मोबाइल एप ‘माई मार्ट–डेलिभर्ड इन मिनेट्स’ मार्फत उपभोक्ताले आज अर्डर गरेका दैनिक उपभोग्य सामग्री आजै प्राप्त गर्न सक्नेछन् ।

डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल व्यवहार मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरी सहित डाइरेक्ट टु कन्जुमर मोडेल सञ्चालनमा ल्याएको हो ।

यसअघि व्यवसाय–देखि–व्यवसाय मोडेल मार्फत सेवा दिँदै आएको माई मार्टले अब उपभोक्तामैत्री सेवा पनि थप गरेको छ ।

कम्पनीका अनुसार बजार माग, आन्तरिक तयारी र आपूर्ति प्रणालीको सफल परीक्षणपछि मात्र यो सेवा सुरु गरिएको हो । मोबाइल एप, अर्डर म्यानेजमेन्ट, स्टक कन्ट्रोल र डेलिभरी सिस्टम पूर्ण रूपमा तयार भइसकेका छन् ।

हाल यो सेवा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा उपलब्ध छ भने आगामी दिनमा अन्य सहरमा पनि विस्तार गर्ने योजना रहेको माई मार्टले जनाएको छ ।

माई मार्टले नेपाली उद्यमशीलता र स्वरोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादकलाई डिजिटल बजारसँग जोड्ने लक्ष्य लिएको छ ।

स्थानीय उत्पादनलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउन उत्पादकसँग सहकार्य विस्तार गरिने मार्टले जनाएको छ ।

यस नयाँ मोडेल मार्फत स्वरोजगारी, रोजगारी सिर्जना, डिजिटलाइज्ड स्थानीय व्यवसाय र उपभोक्तालाई छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यसाथ माई मार्ट अगाडि बढिरहेको छ ।

माई मार्टको मोबाइल एप हाल गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?