News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता सुनिल थापाको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा आइतबार अपरान्ह अन्त्येष्टि गरिएको छ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले थापाको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गर्नुभएको छ।
- थापाको निधन हृदयघातका कारण ६८ वर्षको उमेरमा शनिबार बिहान काठमाडौंमा भएको थियो।
काठमाडौं । अभिनेता सुनिल थापाको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा आइतबार अपरान्ह अन्त्येष्टि गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौं शुभेच्छुक र कलाकार आर्यघाटमा उपस्थित थिए ।
थापाको पार्थिव शरिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गरे । चलचित्र कलाकार संघको झण्डा पनि ओढाइएको थियो ।
मन्त्रीदेखि नेपाल प्रहरी प्रमुखसहित नीर शाह, शम्भुजीत बासकोटा लगायतका कलाकार, आफन्त, शुभेच्छुक आर्यघाटमा उपस्थित भएर थापालाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
थापाको शवमा छोराले दागबत्ती दिएका थिए । थापाका श्रीमती, एक छोरा र छोरी छन् । त्यसअघि उनको पार्थिव शरिरलाई चलचित्र विकास बोर्डमा राखिएको थियो जहाँ कलाकारले श्रद्धाञ्जली व्यक्त गरे ।
हृदयघातको कारण शनिबार बिहान अभिनेता थापाको ६८ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर





प्रतिक्रिया 4