+
+
Shares

संखुवासभाको मादीमा घर निर्माण गर्दा लडेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते २०:५२

२५ माघ, संखुवासभा । संखुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मादी नगरपालिका –६ लोयास्थित लिला बहादुर भुजेलेको घर निर्माण गर्न क्रममा लडेर  मादी – ५ का ६५ बर्षीय नर बहादुर पौडेलले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए ।

आइतबार दिउँसो २ बजे काम गर्दागर्दै लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?