+
+
Shares

दाङमा मोटरसाइकल पल्टिएको स्थान नजिक २ जना मृत फेला, दुवैको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते ११:३०

२६ माघ, घोराही । दाङको घोराही उपमहानगरपालिका–१६ सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगई बस्ने ३९ वर्षीय कमल ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा लु प्र ०२००१ प ११०२ नम्बरको मोटरसाइकल पल्टिएको स्थान नजिकै दुई व्यक्ति पनि लडिरहेको सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

उनीहरुलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?