२६ माघ, काठमाडौं । सामसङ नेपालले टी-२० विश्वकप सिजन लक्षित गर्दै नेपाली ग्राहकका लागि आफ्ना एआई टीभीहरूमा विशेष योजना सार्वजनिक गरेको छ ।
सामसङले विश्वकपको मजा अझ बढी रोमाञ्चक बनाउन आफ्ना विभिन्न मोडेलका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस व्यवस्था गरेको हो । यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि एचडी टीभीका मोडेलमा २१ प्रतिशतसम्मको क्यासब्याक र ७ हजार रुपैयाँसम्मको एक्स्चेन्ज बोनस उपलब्ध गराइएको छ ।
फोरके एआई अपस्केलिङ क्वालिटी भएका ८५ इन्चसम्मका ठूला स्क्रिन र एडप्टिभ साउन्ड फिचरका कारण सामसङ टीभीले हरेक खेललाई स्पष्ट र जीवन्त बनाउँदै घरमै स्टेडियम जस्तो अनुभव दिलाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार सुरक्षाको दृष्टिकोणले पनि अत्यन्तै भरपर्दो मानिने सामसङ नक्स सेक्युरिटीले टीभीको स्मार्ट कनेक्टिभिटी सुरक्षित र संरक्षण सहित बनाउँछ ।
मनोरञ्जनको अनुभव थप विस्तार गर्न सामसङले सन् २०२१ देखि २०२५ सम्म उत्पादन भएका टीभी खरिदमा ग्राहकलाई ३ हजार रुपैयाँसम्मको निःशुल्क नेट टीभी प्याकेज पनि प्रदान गरिरहेको छ । यसमा क्यूएलईडी र यूएचडी मोडेल किन्दा १२ महिनाको तथा एफएचडी र एचडी मोडेल किन्दा ६ महिनाको नि:ल्क नेट टीभी सब्स्क्रिप्सन प्राप्त हुनेछ ।
यो निःशुल्क सेवा सक्रिय गर्न ग्राहकले आफ्नो सामसङ एकाउन्टमा साइन इन वा साइन अप गरी सामसङ स्टोरबाट नेट टीभी एप इन्स्टल गर्नुपर्ने छ । त्यसपछि टिभी खरिद गर्दा प्राप्त प्रमाण पेस गरेर लगइन गरेपछि निःशुल्क मनोरञ्जनको आनन्द लिन सकिने छ ।
ग्राहक ढुक्क हुन सामसङले आफ्ना टी, ए, बी, सी, डी र एफ सिरिजका टीभीमा उत्पादन सम्बन्धी त्रुटि कभर हुने गरी ३ वर्षको व्यापक वारेन्टी पनि प्रदान गरेको छ ।
आर्थिक सहजताका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्प सहित सामसङका होम अप्लायन्स प्राप्त गर्न सक्नेछन् ।
यो प्रक्रिया अत्यन्तै झन्झटमुक्त र यसका लागि केवल नागरिकता भए पुग्ने कम्पनीले जनाएको छ । साथै, नयाँ सामसङ टीभी वा होम अप्लायन्समा अपग्रेड गर्न चाहनेले आर्कोस्टोर मार्फत वा नेपालभरिका आधिकारिक सामसङ रिटेल स्टोरबाट सिधै आफ्ना पुराना उपकरण साटेर नयाँ सामान लैजान सक्ने व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया 4