+
+
Shares

सौर्य एयरलाइन्सले पायो पुन: उडान अनुमति

९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई सेफ्टी स्ट्यान्डर्ड ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि पुनः उडान अनुमति दिएको छ।
  • सौर्य एयरलाइन्सको उडान ९ साउन २०८१ मा दुर्घटना पछि रोकिएको थियो र १८ महिनादेखि उडान अवरुद्ध थियो।
  • कम्पनीले फागुन दोस्रो साताबाट विराटनगर र भद्रपुरबाट उडान सुरु गर्ने योजना बनाएको छ।

२६ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई पुन: उडान अनुमति दिएको छ ।

नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणद्वारा सौर्य एयरलाइन्स र अन्य एयरलाइन्स समेतलाई निर्देशित सम्पूर्ण  सुझावको पालना साथै टेक्निकल सफ्टवेयर पनि खरिद र जडानपछि सेफ्टी स्ट्यान्डर्ड ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले उडान अनुमतिपत्र नवीकरण गरेको कम्पनीले जनाएको छ ।

९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए ।

सौर्य एयरलाइन्सको उडान अनुमति प्रमाणपत्र प्राधिकरणले ३० साउन २०८२ मा प्रतिबन्ध फुकुवा गरेको थियो । तर, सेफ्टी अडिटमा ६० प्रतिशतभन्दा कम प्राप्तांक आएका कारण उडानमा भने प्रतिबन्ध कायमै थियो ।

सौर्यले १८ महिनादेखि उडान अवरुद्ध भएको समयमा पनि आफ्ना १ सय ५ देखि १ सय ६५ कर्मचारीलाई नियमित तलब, भत्ता र आवश्यक प्राविधिक तालिम निरन्तर दिइरहेको जनाएको छ ।

यसबीचमा नेपाल सरकार र नियामक निकायलाई बुझाउनुपर्ने कुनै पनि प्रकारको शुल्क वा बक्यौता नरहेको समेत कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार सौर्यसँग अहिले दुई वटा जहाज छन् । एउटा उडानयोग्य अवस्थामा छ । दोस्रो जहाज मर्मत क्रममा छ । उक्त जहाज समेत निकट भविष्यमा उडानमा ल्याइने कम्पनीको भनाइ छ ।

कम्पनीले फागुन दोस्रो साताबाट विराटनगर र भद्रपुरबाट उडान सुरु गर्ने योजना बनाएको छ । दोस्रो चरणमा नेपालगञ्ज, मानसरोवर माउन्टेन फ्लाइटको योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?