+
+
Shares

अब राति सुत्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते २१:२३

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताएका छन् ।

सोमाबर चितवनमा आयोजित एक कार्यक्रममा उनले बदलिएको काँग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पका साथ अघि बढ्ने बताए ।

बुढीगण्डकी परियोजनाका लागि मुआब्जाको काम लगभग सकिएको तर निर्माणका लागि बजेट अभाव रहेको भन्दै शर्माले जीडीपी (गभर्मेन्ट, डायस्पोरा र प्राइभेट सेक्टर) मोडेल अघि सारे ।

विदेशमा रहेका नेपालीले १००० देखि २५००० अमेरिकी डलरसम्म लगानी गर्नसक्ने र त्यसबाट १२०० मेगावाट बिजुलीका साथै पर्यटन र माछा उत्पादनको विशाल ड्याम बन्ने उनको परिकल्पना छ ।

धनी देशहरू राति पनि काम गर्ने सुनाउँदै नेपालमा पनि नेपाल राति सुत्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । शर्माले ८–८ घण्टाको तीन सिफ्टमा विकास निर्माणका काम गर्ने योजना पनि सुनाए ।

कांग्रेसको कुनैपनि तहको नेता वा कार्यकर्तामाथि भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता हुनासाथ तत्काल सदस्यता निलम्बन गरिने कडा नीति उनले जिकिर गरे ।

१ पटक राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने, ३ पटकभन्दा बढी मन्त्री हुन नपाउने र ४ पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?