News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।
- प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई पहिलो ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोगले जनाएको छ।
- भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ।
२७ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ ।
निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ ।
पहिलो हुनेलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ । भ्युजका आधारमा पुरस्कार प्रदान गरिने आयोगले जनाएको छ ।
भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश हुनुपर्नेछ । एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्युब र फेसबुकमा पनि राख्नुपर्नेछ । त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल tiktok@ecn.gov.np मा पठाउनु पर्नेछ ।
थप शर्तहरुका लागि सूचना –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4