+
+
Shares

प्युठानमा फेरिएको चुनावी शैली : पहिले सत्तोसराप, अहिले हार्दिक

सधैँ खरो र ठाडो शैलीमा बोलेर विवादमा परिरहने एमाले नेता थापाको बदलिएको शैली प्युठानमा बासिन्दाले सबैभन्दा रोचक मानेका छन् ।

सलिम मियाँ सलिम मियाँ
२०८२ माघ २७ गते १०:०६

२७ माघ, प्युठान । प्युठानमा भएका विगतका निर्वाचनमा दलका उम्मेदवारबीच चर्को आलोचना, गालीगलौच र घोचपेच हुनु सामान्यजस्तै थियो । नेताहरू सार्वजनिक मञ्चमा उभिएर प्रतिद्वन्द्वीलाई सत्तोसराप नगरी भाषण नै नसक्ने प्रवृत्ति देखिन्थ्यो । जसले चुनावी माहोललाई गरमागरम बनाउँथ्यो ।

तर, यसपटक भने प्युठानको राजनीतिकमा फरक दृश्य देखिएका छन् । पुराना राजनीतिक दलका उम्मेदवारहरू एक-अर्काप्रति तुलनात्मक रूपमा नरम सुनिएका छन् ।

यसको पहिलो संकेत मनोनयन दर्ताकै क्रममा देखिएको थियो । नेकपा एमालेका उम्मेदवार सूर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेल मनोनयनस्थलमा भेटिएका थिए । त्यो दिन दुवैले हाँसोठट्टासहित हार्दिकता देखाएका थिए । दुवैले परस्पर शुभकामना पनि आदान-प्रदान गरे ।

प्रतिस्पर्धी उम्मेदवारबीच यसप्रकारले देखिएको दृश्यलाई चुनावी राजनीतिमा आएको परिवर्तनको संकेतका रूपमा लिइएको छ ।

दुवैबीच त्यही सौहार्द दृश्य केही दिनपछि फेरि देखियो । स्वर्गद्वारी नगरपालिका-४ बाझिपुरमा आयोजित एमालेको चुनावी भेटघाट कार्यक्रममा एमाले उम्मेदवार थापा र कांग्रेस उम्मेदवार पोखरेल एकै मञ्चमा नाचिरहेका देखिए । नाचिसकेपछि पाखरेलले एमाले मञ्चमै खुलेर मत मागे, एमाले कार्यकर्ताले उनलाई फूलमालाले सम्मान गरे ।

अहिले मुख्य प्रतिस्पर्धी मानिएका प्रमुख दलका उम्मेदवारहरू सुरुदेखि नै अनुशासित, सभ्य र स्वस्थ चुनावी प्रतिस्पर्धामा जोड दिइरहेका छन् ।

यस्तै  माण्डवी गाउँपालिकाको सल्लिखर्कमा चुनावी अभियानकै क्रममा एमाले उम्मेदवार थापा र राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलकबहादुर जिसीबीच भेट हुँदा हार्दिकता देखाएका छन् ।

मुख्य प्रतिस्पर्धी मानिएका प्रमुख दलका उम्मेदवारहरू सुरुदेखि नै अनुशासित, सभ्य र स्वस्थ चुनावी प्रतिस्पर्धामा जोड दिइरहेका छन् । एमाले उम्मेदवार थापा र कांग्रेस उम्मेदवार पोखरेल मात्र नभई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार कृष्णध्वज खड्का पनि शालीन रूपमै प्रस्तुत भइरहेका छन् ।

सधैँ खरो र ठाडो शैलीमा बोलेर विवादमा परिरहने एमाले नेता थापाको बदलिएको शैली प्युठानमा बासिन्दाले सबैभन्दा रोचक मानेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिको नेतृत्व गरेपछि थापा अझ बढी आलोचनाको केन्द्रमा छन् । रास्वपा समर्थकले आलोचना गरिरहँदा उनी उसैगरी प्रतिवादमा उत्रिँदै आएका पनि थिए ।

तर, जिल्लामा चुनावी अभियानमा रहँदा भने थापाले शालीन शैली नै देखाइरहेका छन् । उनी अहिले घरदैलो अभियानमा सक्रिय छन्, मतदाता भेटिरहेका छन्, आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । यसपटक उनको बोलीमा आक्रामकता भन्दा संयमता बढी देखिन्छ ।

सामाजिक सञ्जालमा केपी शर्मा ओलीपछि सबैभन्दा धेरै आलोचना खेप्ने नेतामध्येमा थापा पनि पर्छन् । सामाजिक सञ्जालको त्यो चित्र गाउँमा पुग्दा भने फरक देखिन्छ । उनी गाउँमा पुग्दा आलोचना गर्नेभन्दा फूलमालाले स्वागत गर्ने बढी देखिन्छन् ।

प्युठानमा दल र उम्मेदवारबीच देखिएको यो नरम र सौहार्दपूर्ण व्यवहारले चुनावी माहोललाई तुलनात्मक रूपमा शान्त र सुसंस्कृत बनाएको छ ।

लेखक
सलिम मियाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?