News Summary
Generated by OK AI. Editorially reviewed.- प्रयास मञ्च नेपालले पूर्व धावक हरिबहादुर रोकायालाई खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ।
- रोकायाले एभरेस्ट म्यानराथनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् र २ ओलम्पिक, एसियाली खेलकुद, ४ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका छन्।
- दक्षिण एसियाली भेट्रान एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता पुष्पलाल श्रेष्ठ र समाजसेवी बम भण्डारीलाई पनि सम्मान गरिएको थियो।
२८ माघ, काठमाडौं । प्रयास मञ्च नेपालले पूर्व धावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो ।
एभरेस्ट म्यानराथनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व गर्दै २ ओलम्पिक, एसियाली खेलकुद, ४ दक्षिण एसियाली खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । रोकाया जुम्लामा एथलेटिक्स खेलाडी उत्पादनमा पनि सक्रिय छन् ।
यही अवसरमा दक्षिण एसियाली भेट्रान एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता पुष्पलाल श्रेष्ठ र समाजसेवी बम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।
उनीहरूलाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की र गीतकार समेत रहेका भेट्रान धावक बुद्धवीर लामाले दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।
त्यसै अवसरमा बुद्धवीर लामाले जुम्लाका एथलेटिक्स खेलाडीका लागि खेल पोशाक पनि रोकायालाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया 4