+
+
Shares

विश्व बैंकले स्वीकृत गर्‍यो नेपाललाई साढे ६ अर्ब लागतको डिजिटल रूपान्तरण परियोजना

यो परियोजनाको लक्ष्य एकीकृत नागरिक सेवा पोर्टल र सामाजिक रजिस्ट्री सुदृढ बनाउनु रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व बैंकले नेपालका लागि ५ करोड अमेरिकी डलर बराबरको डिजिटल रूपान्तरण परियोजना स्वीकृत गरेको छ।
  • परियोजनाले एकीकृत नागरिक सेवा पोर्टल र सामाजिक रजिस्ट्री सुदृढ बनाउने लक्ष्य राखेको छ।
  • यो परियोजना विश्व बैंक र एसियाली विकास बैंकको संयुक्त सहवित्तीय व्यवस्था अन्तर्गत सञ्चालन हुनेछ।

२७ माघ, काठमाडौं । विश्व बैंकले नेपालका लागि ५ करोड अमेरिकी डलर (करिव ६ अर्ब ६५ करोड रुपैयाँ) बराबरको डिजिटल रूपान्तरण परियोजना स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले यो रकम बराबर सहायता स्वीकृत गरेको हो । यो परियोजनाको लक्ष्य एकीकृत नागरिक सेवा पोर्टल र सामाजिक रजिस्ट्री सुदृढ बनाउनु रहेको छ । जसले गर्दा आमनागरिक सेवा अनलाइन मार्फत प्रदान गर्न सक्ने लक्ष्य छ ।

यसबाहेक डिजिटल लकर, अहिले म्यानुअल भइरहेका सेवा क्रमश: डिजिटलमा रूपान्तरण गर्ने लक्ष्य छ । डाटा पूर्वाधारको क्षेत्रमा निजी लगानी भित्र्याउन कानुनी र नियामक ढाँचामा सुधार गर्ने लक्ष्य परियोजनाको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिसलेनले यस परियोजनाबाट सेवा प्रवाह थप समावेशी, पारदर्शी र प्रभावकारी हुने तथा सुशासनमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

विश्व बैंकका अनुसार यो परियोजना विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) को संयुक्त सहवित्तीय व्यवस्था अन्तर्गत सञ्चालन हुँदैछ । विश्व बैंक मुख्य ऋणदाता हो । यस परियोजनामा एडीबीले थप ४ करोड डलर योगदान गर्ने छ ।

विश्व बैंकका अनुसार एडीबीले समेत आगामी महिना यस्तो सहायता रकम स्वीकृत गर्ने अपेक्षा छ । परियोजना कार्यान्वयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?