News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप क्रिकेटको काठमाडौं छनोट प्रतियोगिताको उपाधिका लागि महाविर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टर र क्रिकेट एक्सिलेन्स सेन्टर खेल्ने भएका छन्।
- क्रिकेट एक्सिलेन्स सेन्टरले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
- क्रिकेट एक्सिलेन्स सेन्टरका रित गौतमले लगातार तेस्रो शतक प्रहार गरे।
२७ माघ, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटको काठमाडौं छनोट प्रतियोगिताको उपाधिका लागि महाविर स्टडिज एन्ड एथ्लेटिक्स सेन्टर र क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) खेल्ने भएका छन् ।
मंगलबार भएको सुपर सिक्स खेलमा सीईसीले हिमालयन क्रिकेट एकेडेमीलाई हराएसँगै महाविरसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
सीईसीले दिएको १८४ रनको लक्ष्य पछ्याएको हिमालयन ३५.५ ओभरमा ७७ रनमा अलआउट भयो ।
यसअघि पहिले ब्याटिङ गरेको सीईसीले रित गौतमको लगातार तेस्रो शतक मद्दतमा ४९ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको थियो ।
यसअघि महाविरले सुपर-६ को आफ्नो समूहमा ग्रेट हिमालयन एकेडेमी र बालुवाटर क्रिकेट क्लबलाई पराजित गरेको थियो।
प्रतिक्रिया 4