+
+
Shares

‘श्री बुकुरो’ को काठमाडौं प्रिमियर : प्रारम्भिक प्रतिक्रिया कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १२:४०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को प्रिमियर राजधानीको एक हलमा गरिएको छ जहाँ फिल्मकर्मीको बाक्लो सहभागिता रहेको थियो।
  • तुलसी घिमिरेले फिल्मलाई पेन्टिङजस्तो बनेको र ‘बुकुरो’ शब्दले पैतृक घरलाई राम्रोसँग अर्थ्याएको बताए।
  • निर्माता छविराज ओझाले फिल्म उत्कृष्ट भएको प्रतिक्रिया दिँदै परिवारको मर्मस्पर्शी कथा समेटिएको उल्लेख गरे।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ लाई प्रिमियर गरिएको छ । राजधानीको एक हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’ देखि फिल्मकर्मीको सहभागिता रह्यो ।

शोमा तुलसी घिमिरे, दीपक आचार्य, छविराज ओझासहित फिल्मकर्मीको बाक्लो सहभागिता रह्यो । प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

घिमिरेले यो फिल्म समग्रमा पेन्टिङजस्तो बनेको प्रतिक्रिया दिए । फिल्मले एउटा पैतृक घरलाई ‘बुकुरो’ शब्दले राम्रोसँग अथ्र्याएको उनले बताए । ‘फिल्म हेरिरहँदा यसले मलाई पुरानो घरमा पुर्‍यायो । लक्ष्मी जीको अभिनयले मेरी आमालाई सम्झेँ,’ उनले भने ।

मानवीय संवेदनाका सना पललाई फिल्मले रमाइलो तरिकाले प्रस्तुत गरेको बताउँदै उनले सानोमा खोलामा खेल्ने फुपु र भदैको बुढेसकालमा भेट हुनु, लोभी मामाको क्यारेक्टरजस्ता विषयले मन छुने र वास्तविकजस्तो बनाउने उनले उल्लेख गरे ।

निर्माता तथा वितरक छविराज ओझाले पनि ‘श्री बुकुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिए । सुदीप भूपाल सिंहको पटकथा लेखन तथा निर्देशनमा बनेको फिल्मले परिवारको मर्मस्पर्शी कथा भन्छ । थातथलोलाई जोगाउनुपर्ने कुरादेखि पारिवारिक सम्बन्ध र प्रेमको कुरा पनि यहाँ समेटिएको छ ।

शीर्ष भूमिकामा लक्ष्मी गिरीले अभिनय गरेकी छन् । उनीसँगै आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको पनि अभिनय छ ।

रुबी सेन सिंहले फिल्म निर्माण गरेकी हुन् । यो फिल्मको एड्भान्स टिकट विक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?