News Summary
Generated by OK AI. Editorially reviewed.- आउँदो शनिबार राती 'भ्वाइस अफ नेपाल' सातौं सिजनले उपाधि विजेता घोषणा गर्नेछ।
- चार फाइनलिस्टले आफ्नो जन्मथलोमा पुगेर भोट मागिरहेका छन् भने कोचहरूले सामाजिक सञ्जाल र कन्सर्टमार्फत भोट आह्वान गरिरहेका छन्।
- शनिबार बेलुका ९ बजेसम्म भोट दिन सकिने निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिनुभयो।
काठमाडौं । आउँदो शनिबार राती ‘भ्वाइस अफ नेपाल’ को सातौं सिजनले उपाधि विजेता प्राप्त गर्नेछ । फिनालेको उल्टो गणना चलिरहँदा चारैजना फाइनलिस्ट भने आफ्नो जन्मथलो पुगेर भोट माग्न ब्यस्त छन् ।
ती फाइनलिस्टका कोच (प्रशिक्षक) भने आफ्नो समूहका अन्तिम प्रतिस्पर्धीको लागि सामाजिक सञ्जालमार्फत भोट समेत मागिरहेका छन् । तीमध्ये केही कोचले भैरहेका कन्सर्टमार्फत प्रतियोगीको लागि पनि भोट मागेका छन् ।
टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा, टिम खेम सेन्चुरीबाट सागर संसार राई र टिम राजु लामाबाट नीताकुमारी थापा फिनालेमा प्रतिस्पर्धा गरिरहेका छन् ।
शनिबार बेलुका ९ बजेसम्म मनपर्ने ट्यालेन्टलाई भोट दिन सकिने निर्देशक लक्ष्मण पौड्यालले जनाए ।

उनका अनुसार, चारैजना कोच ‘होम कलिङ’ चरणअन्तर्गत आफ्नो गाउँ गाउँमा पुगेर भोट आह्वान गरिरहेका हुन् । दूरा लमजुङका विभिन्न ठाउँमा पुगेर भोट मागिरहेकी छन् । सदरमुकाम बेसीसहरमा पनि उनले कार्यक्रममार्फत भोट अपिल गर्ने कार्यक्रम तय छ ।
पुनमले तनहुँका विभिन्न थलोमा पुगेर भोट मागिरहेकी छिन् । भोट आह्वानका लागि त्यहाँका विभिन्न थलोमा कार्यक्रम आयोजना भैरहेको छ । कोच प्रमोदले झापामा हुन लागेको कन्सर्टबाट समेत आफ्नो टिमकी ट्यालेन्टलाई भोट अपिल गर्दैछन् ।
फाइनलिस्ट सागर संसार राईले गृहजिल्ला खोटाङमा पुगेर भोट मागिरहेका छन् । त्यहाँका स्थानीय, क्लब र चिनजानका व्यक्तिहरूलाई भेटेर उनले भोट मागिरहेका छन् ।
अर्की फाइनलिस्ट नितुकुमारी थापाले गृहजिल्ला दैलेखमा पुगेर भोट मागिरहेकी छिन् । शुक्रबार र शनिबार फिनाले एपिसोडहरू प्रसारण हुँदैछन् । ती एपिसोडमा अन्तिम १६ सम्म पुगेका ट्यालेन्टले प्रस्तुति दिने कार्यक्रम छ ।
सिजन ३ का विजेता किरण गजमेर सिजन ६ का विजेता प्रोसेस पाण्डेले शनिबारको एपिसोडमा पर्फमेन्स दिने कार्यक्रम छ । यसैबीच, यतिबेला ‘भ्वाइस किड्स’ को डिजिटल अडिसन पनि चलिरहेको छ ।
प्रतिक्रिया 4