+
+
Shares

चुनावपूर्व जरूरी राष्ट्रिय सहमति गरौं : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १६:२८

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पाँच वर्ष स्थिर रहने सरकार गठनका लागि निर्वाचनअगावै राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् ।

रूपन्देहीको भैरहवामा बिहीबार कांग्रेसका तर्फबाट पाँचवटै ५ निर्वाचन क्षेत्रमा मनोनयन गरेका उम्मेदवारसहितको वृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘चुनावमा प्राय: दल गठबन्धन नगरेर गएका छौं, यो सकारात्मक कुरा हो । कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको छ,’ उपसभापति शर्माले भने, ‘यो आफ्नो ठाउँमा छ, तर हामी चाहन्छौं– प्रधानमन्त्री पाँच वर्ष टिक्न/टिकाउन संवैधानिक व्यवस्थानै गरौं ।’

प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै पाँच वर्ष शासन गर्ने र बहुमत नपुगेमा ‘वनर्स टेक अल’ को नीतिबमोजिम अपुग संख्या सुनिस्चित गर्ने व्यवस्था गर्न सकिने उनको भनाइ थियो ।

‘दोस्रो र तेस्रोलगायतका दल सरकारमा नगएर पूरै पाँच वर्ष प्रतिपक्षी कित्तामा बस्ने यस्तै कुनै अवधारणामा चुनावपूर्व जरूरी राष्ट्रिय सहमति गरौं,’ शर्माको प्रस्ताव थियो, ‘सभामुख चयनपछि बस्ने संसदको पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गरौं ।’

चुनावपूर्व सरकार, दलहरू, बौद्धिक क्षेत्र र जेनजीसहितको वृहत् सम्मेलन गरेर वर्तमान संविधान र समग्र पद्दतिमा दर्जन बढी सुधारको सहमति गर्न पनि उनले सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?