News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक शोभित बस्नेतले अस्ट्रेलियामा छायांकन हुने नयाँ फिल्म 'अनटाइटल' निर्देशन गर्ने पक्का भएको छ।
- फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत नेपाल जुम्लामा गरिने तय भएको छ।
- बस्नेतले २० मार्चदेखि 'कमेडी दरबार' टिमलाई अस्ट्रेलिया टूरमा लैजाने तयारी गरेका छन्।
काठमाडौं । निर्देशक शोभित बस्नेतले एकपछि अर्को फिल्मलाई अस्ट्रेलियामा बनाउने भएका छन् । अस्ट्रेलियामै छायांकन गरिएको र कथावस्तु उतैको समेटिएको फिल्म ‘पीआर’ पछि अर्को एक नयाँ फिल्ममा जुटेका छन् ।
त्यहाँका गैरआवासीय नेपाली कृष्ण थापाको प्रस्तुतिमा बन्न लागेको ‘अनटाइटल’ फिल्मलाई बस्नेतले निर्देशन गर्ने पक्का भएको छ । यो फिल्मका निर्मातासँग बस्नेतको लिखित समझदारी भएको छ ।
केही दिनमा फिल्मको औपचारिक घोषणाको तयारी छ । निर्देशनसहित फिल्मको पटकथा पनि बस्नेत स्वयमको हुनेछ । कार्यकारी निर्मातामा नवीन घायल र सह-निर्मातामा हिमाल भण्डारी छन् ।
सौरभ लामाको छायांकन र हिमाल केसीको एक्सन कोरियोग्राफी हुनेछ । ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत नेपालको जुम्लामा गरिने तय भएको छ । कलाकार तथा अन्य प्राविधिक टिम भने केही दिनमै तय गरिने भएको छ ।

अर्कोतर्फ, बस्नेतले २० मार्चदेखि टिभी कार्यक्रम ‘कमेडी दरबार’ को टिमलाई एक महिनाको लागि अस्ट्रेलिया टूरमा लैजाने तयारी गरेका छन् । सो टुर सकिएलगत्तै फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।
बस्नेतले हालै निर्देशन गरेको फिल्म ‘पीआर’ को केही कलाकार नयाँ फिल्ममा दोहोरिन सक्ने सम्भावना छ । फिल्ममा दुई नायक र दुई नायिका पात्र हुनेछन् । कास्टिङ हुन बाँकी छ ।
पछिल्लो समय अस्ट्रेलियाली डायस्पोरा नेपाली फिल्मको ठूलो बजार बनेको छ । फिल्मले लोभलाग्दो कमाइ गर्न थालेका छन् । पछिल्लो दशकमा त्यहाँ नेपाली र नेपालीभाषी समुदायको बसोबास बाक्लिएको छ ।
प्रतिक्रिया 4