+

फ्रेन्ड्स क्लबलाई हराउँदै प्लानिङ ब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

२०८२ फागुन  १ गते १७:१६ २०८२ फागुन १ गते १७:१६
फ्रेन्ड्स क्लबलाई हराउँदै प्लानिङ ब्वाइज आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्लानिङ ब्वाइज युनाइटेडले २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा फ्रेण्ड्स क्लबलाई ४–० ले पराजित गरी प्रवेश गरेको छ।
  • प्लानिङका पापा इबु केबेले ह्याट्रिक पूरा गरेका छन् भने एलेक्स विलियमले पेनाल्टीबाट एक गोल गरेका छन्।
  • प्लानिङले सेमिफाइनल प्रवेशका लागि उज्वेकिस्तानको आभा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

१ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गोल्डकपअन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई ४–० को गोलन्तरले पराजित गर्दै प्लानिङ युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । प्लानिङ युनाइटेडको जितमा पापा इबु केबेले ह्याट्रिक पूरा गरे । केबेले खेलको ४५औं, ५४औं र ८१औं मिनेटमा गोल गरेका हुन् ।

प्लानिङका लागि अर्काे एक गोल एलेक्स विलियमले गरे । २७औं मिनेटमा डिबक्सभित्र फ्रेण्ड्स क्लबका योगेश गुरुङको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई सदुपयोग गर्दे एलेक्सले गोल गरे ।

प्लानिङ ब्वाइजले अब सेमिफाइनल प्रवेशका लागि उज्वेकिस्तानको आभा फुटबल क्लबसँग भिड्नेछ ।

सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् ।

गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् । फाइनल खेल फागुन ९ गते हुनेछ ।

प्लानिङ ब्वाइज युनाइटेड २५औं आहा रारा पोखरा गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय