+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सुनसरीमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १२:२१

२ फागुन, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवाबाट जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

निर्वाचन क्षेत्र सुरक्षाका लागि सीमा क्षेत्रमा खटिएको बिओपी श्रीपुरको सशस्त्र प्रहरीको टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको विहार प्रान्तको अररिया जिल्लास्थित बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेका छन् ।

निर्वाचन क्षेत्र ४ स्थित सुरक्षा बेशका अनुसार शुक्रबार बेलुका भारतीय सीमाबाट कोशी गाउँपालिको जमुवातिर प्रवेश गरेको बीआर ५० एजे ४२२९ नम्बरका मोटरसाइकल जाँच गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।

उनको साथबाट केही भारतीय नगद र नेपाली नगद, स्वचालित पेस्तोल, पेस्तोलमा लाग्ने गोली र ब्राउनसुगर बरामद भएको हो । नाम नखुलेको लागुऔषध ६ वटा क्याप्सुल र निट्राजिपाम ५ ट्याब्लेट पनि बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?